विविध समाचार

वैदेशिक हस्तक्षेपविरुद्ध कैलालीमा अभियान


    कैलाली। वैदेशिक हस्तक्षेपविरूद्ध जनचेतना अभियानअन्तर्गत नेपाल मजदुर किसान पार्टी कैलालीले शुक्रबार टीकापुर नगरपालिकामा कार्यकर्ता प्रशिक्षण सम्पन्न गर्‍यो।
    कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष खगेन्द्रबहादुर शाहीले असमान सन्धिहरू र वैदेशिक हस्तक्षेपले देशको सार्वभौमिकता खुम्चेको बताउँदै त्यसको अन्त्य गर्न सङ्घर्ष जरूरी छ भन्नुभयो। कार्यक्रममा नेमकिपा कैलालीका सचिव रमेशकुमार रावल, सदस्य मेघलाल धिताल, नेक्राविसङ्घका केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, नेक्राशिसङ्घ कैलालीका संयोजक गुप्तबहादुर शाहीलगायतले प्रशिक्षण दिनुभएको थियो।
    त्यस्तै कैलालीको मनुवा गाविस कञ्चनपुरस्थित गायत्री निमाविमा कक्षा ८ मा महादेव कठरियाको अध्यक्षतामा १९ सदस्यीय विद्यार्थी हित समिति कक्षागत समिति र कक्षा ७ मा कैलाश कठरियाको अध्यक्षतामा १९ सदस्यीय कक्षागत समिति गठन गरिएको छ।
    त्यस्तै जानकीनगर गाविस –९, कालीका निमाविमा सरस्वती रावलको अध्यक्षतामा २१ सदस्यीय विद्यार्थी हित समिति गठन गरिएको छ। विद्यार्थी भेला नेक्राविसङ्घका केन्द्रीय सदस्य लक्ष्मी पोखरेल र जिल्ला अध्यक्ष जनक माझीको उपस्थितिमा भएको थियो। 
    यसैबीच मङ्गलबार जानकीनगर गाविस कालीकापुरमा प्रशिक्षण गर्‍यो। कार्यक्रममा पार्टी जिल्ला समिति सचिव रमेशकुमार रावलले साम्राज्यवादी तथा विस्तारवादी देशले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताउनुभयो।
    कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, पार्टीका धनबहादुर थापामगर, गजबहादुर दर्लामी, नेक्राविसङ्घ कैलाली अध्यक्ष जनक माझीलगायतले बोल्नुभएको थियो। वैदेशिक हस्तक्षेपविरुद्ध जनचेतना अभियानअन्तर्गत पार्टीले मुनवा गाविस कञ्चनपुरमा जिल्लास्तरीय कार्यकर्ता भेला र एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गर्‍यो। 
    पार्टी जिल्ला अध्यक्ष खगेन्द्र्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले शासक दलहरूको राष्ट्रघाती प्रवृत्तिले देशको सार्वभौमिकता भारतीय विस्तारवादको हातमा पुगेको बताउनुभयो। 
    कार्यक्रममा सचिव रमेश रावलले सङ्गठन परिचालन र विस्तार विषयमा प्रशिक्षण दिंदै नेमकिपा दर्शन, सिद्धान्त र विचारका आधारमा मात्र सङ्गठन बनाउँछ भन्नुभयो। 
    नेक्राशिसङ्घ कैलालीका संयोजक गुप्तबहादुर शाहीले सुगौली सन्धिदेखि १९५० को सन्धिलगायत अनेक असमान सन्धिले नेपालको सार्वभौमिकता खतरामा पुगेको चर्चा गर्नुभयो। 
    नेक्राविसङ्घका केस लक्ष्मी पोखरेलले समाजवादी र पूँजीवादी शिक्षा व्यवस्था विषयमा र गगनबहादुर थापामगरले किसान समस्या र आन्दोलन विषयमा प्रशिक्षण दिनुभएको थियो।

एसएलसीको नतिजा थप खस्क्यो
भ्याट नलगाउन सिकर्मी सङ्घद्वारा माग
शासक दलहरू देश सञ्चालनमा असफल
वैदेशिक हस्तक्षेपविरुद्ध कैलालीमा प्रशिक्षण
राजमार्ग प्रभावित जनताद्वारा ज्ञापन
सुर्खेतमा अन्तरक्रिया



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी