उपभोक्ता आवाज

भाडावृद्धिविरुद्ध सिठी जुलुस

काठमाडौं। नेपाल सरकारद्वारा सार्वजनिक यातायातमा गरिएको भाडावृद्धिविरूद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलगायत आन्दोलनरत एघार विद्यार्थी सङ्गठनहरूको संयुक्त आयोजनामा पहिलो चरणको कार्यक्रमको दोस्रो दिन मङ्गलबार काठमाडौंमा सिठी जुलुस भयो।
    प्रदर्शनीमार्गस्थित नेपाल मानविकी क्याम्पसबाट सुरू भएको प्रदर्शन पुतली सडक हुँदै रत्नपार्कमा कोण सभामा परिणत भएको थियो।
    कोणसभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुँदै सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गर्नु जनविरोधी कार्य हो भन्नुभयो। 
    उहाँले भन्नुभयो –'सार्वजनिक यातायातको भाडा वृद्धि भनेको आम उपभोग्य सामानहरूमा पनि मूल्यवृद्धि हुनु हो। वर्तमान सरकारले आफ्नो सत्ता टिकाइराख्नको लागि नेपाली जनताको हित र भावनाभन्दा पनि भारतीय विस्तारवादको स्वार्थअनुकूल काम गरिरहेको छ।' 
    आन्दोलनको तेस्रो दिन बुधबार सार्वजनिक यातायात, कालो नम्बर प्लेट, सेतो नम्बर प्लेट, पहिलो नम्बर प्लेटका गाडीहरू बिहान ६ बजदेखि १० बजेसम्म गुड्न नदिने नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो।
 

बाँकि उपभोक्ता आवाज


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी