उपभोक्ता आवाज

चैतमा ४१ हजार नेपालीले रोजगारीका लागि मुलुक छाडे

काठमाडौं। चैत महिनामा वैदेशिक रोजगारीका लागि ४१ हजार ६ सय ४० जना नेपालीले मुलुक छाडेका छन्।
    वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा २५ हजार २ सय २६ नेपालीहरू पहिलोपटक वैदेशिक रोजगारीमा गएका छन् भने १६ हजार ४ सय १४ जना घर बिदामा आएर फर्किएका छन्। यो अवधिमा विदेशमा कार्यरत ३ हजार ७ सय २ जना नेपाली कामदारले काम गरिरहेकै मुलुकमा वैधानिकता पाएका छन्।
    विभागका अनुसार यो महिनामा सबैभन्दा धेरै अर्थात् १३ हजार ५ सय ५९ नेपाली रोजगारीका लागि मलेसिया गएका छन्। मलेसिया गत एक वर्षदेखि लगातार नेपाली कामदारको पहिलो गन्तव्य बन्दै आएको छ। यसैगरी कतारमा ९ हजार २ सय २५, साउदी अरबमा ७ हजार २ सय २०, संयुक्त अरब इमरेट्समा ४ हजार ८ सय ४९, कुवेतमा १ हजार ४ सय १८ जना गएका छन्। चैत महिनामा विदेशिनेमध्ये ३ हजार ८ सय ३० जना महिला रहेका छन्। त्यसमधये कुवेतमा सबैभन्दा बढी ७ सय ३७ जना, मलेसियामा ६ सय ७४ जना, कतारमा ८४ जना र साउदी अरेबियामा ५३ जना महिला कामदार पुगेका छन्। यही अवधिमा बहराइनमा ३ सय ९१, ओमानमा २ सय ८५, जापानमा ८५ र जोर्डनमा ५६ जना नेपाली कामदार गएका छन्। कोरियामा १७ जना महिलासहित ५ सय ४८ जना नेपाली कामदार गएका छन्।

भाडावृद्धिविरुद्ध सिठी जुलुस
भाडावृद्धिबारे अन्तरक्रियासहित आन्दोलन जारी
ख्वप विश्वविद्यालयबारे अन्तरक्रिया
कर्णाली अञ्चलमा समयमा पाठ्यपुस्तक नपुग्ने
बुटवल नगरको बजेट ३० करोड
चुनाव सम्भव छैन –विज्ञहरू
असिना पानीले आँप र केरामा क्षति
म्याद गुजि्रन लागेको औषधि फेला
खानेपानीको बन्दोबस्त नहुँदा जनता अन्योलमा




अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी