स्वास्थ्य जानकारी

वर्कर्स कप नयाँ नियमका साथ

ललितपुर, २० माघ। युवा खेलकुद समुह भक्तपुरको आयोजामा हुन लागेको वर्कस कप भलिबल प्रतियोगिता नयाँ नियमकासाथ खेलाइने भएको छ। ललितपुरमा शनिबार बसेको नेपाल भलिबल सङ्घ, राष्टिय रेफ्री कमिसन, भलिबलका मुख्य प्रशिक्षक तथा वर्कर्स कप प्रतियोगिताका पदाधिकारीहरूबीच भएको छलफलले सो निर्णय गरेको हो।
    माघ २४ गते बुधबारदेखि सुरू हुने आठौ राष्ट्रब्यापी वर्कस कप भलिबल प्रतियोगितामा  भलिबलको अन्तर्राष्ट्रिय संस्था फिवले जारी गरेको नियम २०१३ देखि २०१६ सम्मको नियम लागू गरी प्रतियोगिता गर्न लागिएको आयोजक समितिका अध्यक्ष एवं रेफ्री कमिसनका अध्यक्ष गौतम लासिवाले बताउनुभयो।
    नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाडले भने यो प्रतियोगितामा खेलाडीहरूको खेलको मुल्याङ्कनसमेत गरिने बताउनुभयो। उहाँले भन्नुभयो –'प्रतियोगितामा खेलाडीहरूले राम्रो गरेमा त्यसको मूल्याङ्कन भलिबल सङ्घले अभिलेख राख्नेछ।'

आङ खस्ने समस्यासम्बन्धी सम्मेलन
सन् २०५० सम्ममा क्षयरोग उन्मूलन देश बनाउने अभियान सुरू



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी