अन्तर्राष्टि्रय दबु

म्यानचेस्टरको जनप्रदर्शनले अनुदारवादीमाझ भूकम्प


    गत शनिबार अनुदारवादी ९ऋयखकभचखबतष्खभक० हरूको वार्षिक सम्मेलन स्थल बाहिर अनुदारवादी कटौतीको नीतिविरुद्ध प्रदर्शन गर्न ब्रिटेन भरका ६० हजारभन्दा बढी प्रदर्शनकारीहरू म्यानचेस्टरमा भेला भए। 
    टे्रड युनियन काङ्ग्रेस (टीयूसी) ले आह्वान गरेको उक्त जनप्रदर्शनमा सबै प्रमुख मजदुर सङ्घहरू र अधिकांश साना सङ्घहरू पनि सामेल थिए। साथै युद्धविरोधी अभियानकर्ताहरू भ्रष्टाचारविरोधीहरू रेडकारस्थित मोडब्यालेट एसएसआई उद्योगका स्टिल मजदुरहरू, टीटी आईपी व्यापार सम्झौताविरोधी प्रदर्शनकारीहरू, बेडरुम करका विपक्षीहरू र कटौतीविरोधी सर्वसाधारणहरू उपस्थित थिए। 
    विशाल जनप्रदर्शनमा 'कटौतीविरुद्ध अपाङ्गता भएका जनता' को हि्वल चेयरमा आएको एक समूह पनि थियो। यो संगठन स्थापना भएको पाँच वर्ष भइसकेको छ। 
    प्रदर्शनकारीहरूकामाझ लेवनरपार्टीका नयाँ नेता जेरेमी कोर्बिन पनि थिए। उनले गत सोमबार म्यानचेस्टर क्याथेड्रलमा सञ्चार मजदुर संघले आयोजना गरेको एक भेलामा सम्बोधन गरेका थिए। कोर्बिनको सम्बोधन सुन्न ठूलो भीड जम्मा भएको थियो। क्याथेड्रलको चोकभित्रका सात हजार सहभागिताबाहेक बाहिर पनि हजारौं जना लाउड स्पिकरमा आवाजमात्र पनि सुनेर बसेका थिए। क्याथेड्रलमा भेला भएका जनताको सङ्ख्या अनुदारवादी ९त्यचथ० पार्टीको सम्मेलनमा सहभागी भएको भन्दा बढी थियो।
    कटौतीका कारण परेको असरले धेरैलाई रिस उठेको भए पनि र जीवनस्तर र मानवअधिकारमा ठूलो गिरावट आएको भए पनि विशाल जनप्रदर्शन शान्तिपूर्ण थियो र व्यवस्थित रुपमा आयोजना गरिएको थियो। सरकारको कटौती योजनाको परिणामस्वरुप रोजगार कटौती, ज्याला र पेन्सनमा कटौती हुनुका साथै औद्योगिक मजदुरहरुको समस्या सुनुवाई गर्ने व्यायाधीकरणमा पनि शुल्क वृद्धि र नयाँ टे्रड युनियन विधेयक आएको छ। जुन विधेयकले ब्रिटेनमा हड्तालका गतिविधि गर्ने अधिकार कटौती गरेको छ। 
    विशाल जनप्रदर्शनको आकार र सहभागीहरूको आक्रोशले अनुदारवादी सम्मेलनमा सहभागी प्रतिनिधिहरूको मुटु हल्लाएको थियो र सम्मेलन आयोजकले समेत 'सम्मेलन स्थल बाहिर जाँदा पार्टीको ब्याज निकालेर जान' सचेत पार्दै 'अन्यथा तपाईं सुरक्षित हुन नसक्ने' भन्नुपरेको थियो।
    प्रदर्शनकारीमध्येको एउटा भीड अनुदारवादी सम्मेलन स्थलको बाहिर पुगेर 'टोरी नीति मुर्दावाद' 'टोरी नीति हत्यारा नीति' भनी आक्रोशित भई नारा लगाएको थियो। उडेर आएको अण्डाले एक युवा अनुदारवादी र हफिङटन पोस्टका एक पत्रकारलाई लागेको थियो। अण्डा फुटेर उछिंडिदा अन्य कयौं सम्मेलन प्रतिनिधिहरूलाई छिटा परेको थियो। 
    कयौं प्रदर्शनकारीहरूले सुङ्गुरको मुख भएको मुखुण्डो लगाएका थिए भने प्रधानमन्त्री डेभिड क्यामरुन र सुङ्गुरको चित्र भएका दर्जनौं प्लेकार्ड बोकेका थिए। तिनले हालै लर्ड ओस्क्राफ्टद्वारा दुई हप्ता अगाडि प्रकाशित समाचारअनुसार क्यामरुन विद्यार्थी कालमा सुङ्गुरको टाउको बोकेर उछृङ्खल क्रियाकलाप गर्ने गर्थे भन्ने घटनालाई व्यङ्गय गरेका थिए। 
    संयुक्त मजदुर संघका महासचिव लेन म्याक्क्लस्कीले अनुदारवादी नीतिको विरोधमा निस्केको जनप्रदर्शनले वर्तमान अनुदारवादी सरकारलाई स्पष्ट सन्देश गएको बताउँदै अनुदारवादीहरू आफ्नो योजनाबाट पछि हट्नुपर्ने बताए। 
    'पचहत्तर मतदाताहरूले भाग नलिएको निर्वाचनबाट मुस्किलले बहुमत पुर्‍याएका अनुदारवादीहरूले यदि जनताले तिनीहरूलाई कटौतीको योजना लागू गर्ने अनुमति दिएको ठान्छन् भने तिनीहरूले अर्कै कुराको सामना गर्नुपर्नेछ–'म्याक्क्लस्कीले भने। 
    'यदि तिनीहरूले यसरी नै अर्काे पाँच वर्ष सहज रुपमा शासन गर्न सक्छन् भनी सोच्छन् भने त्यो ठूलो भूल हुनेछ। हजारौं र लाखौं जनता तिनीहरूको काममा तगारो बन्नेछन्, तिनीहरूसित पौठेजोरी खेल्नेछन् र प्रतिकार गर्नेछन्।' उनले भने।
    म्याक्क्लस्कीले भने, 'लेवर पार्टीको नेतामा जेरेमी कोर्विन भएकोले पनि लडाइँ सजिलो हुनेछ, कोर्विन हामीसित काँधमा काँध मिलाएर उभिरहनुभएको छ।'
    टीयुसीका महासचिव फ्रान्सेस ओ ग्रान्डीले टे्रड युनियन विधेयकमा हड्तालमाथिको निषेध विगत ३० वर्षभित्र कामदार जनताको प्रजातान्त्रिक अधिकारमाथि सबभन्दा ठूलो हमला भएको बताइन्। 
    'यो हाम्रे हड्ताल गर्न पाउने अधिकारमाथिको आक्रमण हो र हामीले कुनै हालतमा हुँदैन भनेका छौं।' तिनले भनिन्।
    बृहत म्यानचेस्टर प्रहरीले भने प्रदर्शनकारीहरूको अनुशासित र राम्रो व्यवहारको प्रशंसा गर्दै आफूहरूले कुनै बल प्रयोग गर्न नपरेको बतायो। यद्यपि प्रहरीले मार्च हुने रुटका घरका छतमा प्रहरी स्निपरहरू खटाएको थियो। 
    अनुदारवादीहरूविरुद्ध सामाजिक सञ्जालहरूमा पोखिएको आक्रोशलाई मध्यनजर गर्दै जनप्रदर्शनको रुटमा सुरक्षाको दृष्टिले उच्च क्षमताको राइफलसहित स्निपर खटाउनुपरेको बृहत म्यानचेस्टर प्रहरीले स्पष्टीकरण दियो। 
    तर प्रहरी बलका एक प्रवक्तले ती गनहरू जनतामाथि गोली हान्न नभई पूर्णतया अवलोकनका लागि र अवाञ्छित तत्त्वको पहिचानको निम्ति भएको बताउँदै आफ्ना राइफलमा शक्तिशाली दूरवीन रहेको र ती अन्य वाइनाकुलरभन्दा शक्तिशाली रहेको बताए। 
    ९त्यचष्भक त्रगबपभ बक ्कबककभक ्कबचअज ष्ल:बलअजभकतभच०
त्जभ ल्भध ध्यचपभच
ढ कभउत। द्दण्ज्ञछ
प्रस्तुतिः प्रकाश

सिरियामाथि रुसी पखेटा (सुरक्षा)
अलबिदा क्युवाका क्रान्तिकारी नेता जर्ज रिस्कुट
फिडेल जन्म दिनको शुभकामना
हिरोसिमा र नागासाकी सैन्यवादका लागि बहुमूल्य पाठ हुन्
जुलाई २६ को दिन मायामीमा दुई क्युवाबारे निजात्मक अनुभूति
यमनमाथि साउदी बमबारी रोक्न जनदबाब आवश्यक
साम्राज्यवादी युद्धका कारण विफल बन्दै सहस्राब्दी विकास लक्ष्य
ताङ्गसान भूकम्पपछि – ५
संरा अमेरिकासँग कूटनीतिक सम्बन्धबारे क्युवाको पछिल्लो वक्तव्य




अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी